आत्मनिर्भर लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

2021-08-03
आत्मनिर्भर लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  

यस विषयमा आत्मनिर्भर लघुवित्त र सनराइज क्यापिटलबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा आत्मनिर्भर लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजललाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

आत्मनिर्भर लघुवित्तले १ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ८० हजार कित्ता आईपीओ जारी गर्नेछ। 


Share this with your friends: