आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड

2021-08-15
आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडद्वारा आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले पहिलो चरण अन्तर्गत अयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका वासिन्दाका लागि गत साउन ५ गतेदेखि १९ गतेसम्म जारी गरेको आईपीओमा रितपूर्वक आवेदन परेको कम्पनीको ४ लाख कित्ता आईपीओ बाँडफाँड गरिएको हो । 

बाँडफाँडमा नपरेको रकम धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम सम्बन्धित आवेदकहरुको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । 

सेयर बाँडफाँड सम्बनिध विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेभसाइटमा र भौतिक रुपमा आवेदन बुझाएका आवेदकहरुले आफुले आवेदन फाराम बुझाएको सम्बन्धित संकलन केन्द्रहरुमा सम्पर्क राखेर हेर्न सकिने कम्पनीले जनाएको छ ।   


Share this with your friends: