काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। संस्थाले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य ९ सय ५३ रूपैयाँ ३६ पैसामा बिक्री गर्न लागेको हो।
संस्थापक सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु, वा अन्य जो कोहि व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आउँदो मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन्। आवेदकले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्नु पर्नेछ।