आरएमडीसी लघुवित्तद्वारा २० प्रतिशत लाभांस प्रस्ताव

2020-09-07
आरएमडीसी लघुवित्तद्वारा २० प्रतिशत लाभांस प्रस्ताव

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको छ। 

आज बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्तापूजिँ ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १७ करोड ९८ लाख ६४ हजार ६८५ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुने आउने १३ करोड ४८ लाख ९८ हजार ५१३।७५ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख ६६ हजार १७१.२५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

प्रस्तावित लभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ। 


Share this with your friends: