काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले बुक क्लोज(सेयर दाखिला खारेज)मिति तय गरेको छ। संस्थाले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावित लाभांस वितरण र २२ औँ वार्षिक साधारण सभाका लागि बुक क्लोज मिति तय गरेको हो।
संस्थाको हिजो सोमबार बसेको बैठकले आउँदो मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ मंसिर ७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाले चुक्तापुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १७ करोड ९८ लाख ६४ हजार ६८५ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुने आउने १३ करोड ४८ लाख ९८ हजार ५१३।७५ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख ६६ हजार १७१.२५ रुपैयाँबराबरको नगद लाभांश ९लाभांश करसहित० रहेका छन्।