आरबीबी म्युचुअल फन्ड १ नेप्सेमा सूचीकृत

2021-08-27
आरबीबी म्युचुअल फन्ड १ नेप्सेमा सूचीकृत

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फन्ड १’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

यस योजनाका प्रतिइकाइ १० रुपैयाँ दरका १२ करोड ५० हजार इकाइ नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा नेप्सेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। 

यस फन्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सतप्रतिशत् लगानी रहेको सहायक कम्पनीे आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ। 


Share this with your friends: