काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको आज(फागुन १२ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले आ.व २०७६/७७ सम्मको संचित मुनाफाबाट ८.८५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयरमा चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँको ८.८५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख १५ हजार १४८ रुपैयाँ बराबरको बोनस सेयर रहेको छ।
यो बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।