आरम्भ चौतारीले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-03-23
आरम्भ चौतारीले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको पाचौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी चैत ३१ गते बनेपास्थित पञ्चकन्या बैंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ८.८५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै संस्थाले बिपिडब्लु लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरिनेछ। संस्थाको सेयर स्वामित्व अनुपात ६३.६५(संस्थापक) र ३६.३५(सर्वसाधारण) रहेकोमा दुवै स.स्थालाई प्राप्ति पश्चात बन्ने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड को सेयर स्वामित्व अनुपात ६८.३० प्रतिशत(संस्थापक) र ३१.७० प्रतिशत(सर्वसाधारण) रहने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आ.व २०७६/७७ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितका लेखा विवरणहरु छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको संस्थागत समूह क बाट प्रतिनिधित्व हुनेगरी ४ र सर्वसाधारण समूह ख बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ। 
लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले चैत १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: