काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ।
उक्त सभा गत चैत ३१ गते बनेपास्थित पञ्चकन्या बैंक्वेटमा सम्पन्न भएको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ८.८५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै संस्थाले बिपिडब्लु लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। संस्थाको सेयर स्वामित्व अनुपात ६३.६५(संस्थापक) र ३६.३५(सर्वसाधारण) रहेकोमा दुवै स।स्थालाई प्राप्ति पश्चात बन्ने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड को सेयर स्वामित्व अनुपात ६८.३० प्रतिशत(संस्थापक) र ३१.७० प्रतिशत(सर्वसाधारण) रहने प्रस्ताव पारित गरिएको छ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। यसैगरी आ.व २०७६/७७ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितका लेखा विवरणहरु छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।