आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

2021-04-16
आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। संस्थाको गत चैत ३१ गते सम्पन्न पाचौँ वार्षिक साधारण सभाबाट संस्थापक समूह क बाट ४ जना र सर्वसाधारण समूह ख बाट २ जना गरी कुल ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन्।  

संस्थापक समूह क बाट निर्विरोध निर्वाचित हुने सञ्चालकमा जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल रहेका छन्। यस्तै सर्वसाधारण समूह ख बाट निर्वाचित हुनेमा केशवराज पन्थी र विमल आर्चाय रहेका छन्।    

 


Share this with your friends: