‘आरविवि म्युचुअल फन्ड १’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

2021-07-11
‘आरविवि म्युचुअल फन्ड १’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । आरविवि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘आरविवि म्युचुअल फन्ड १’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । आरविवि म्युचुअल फन्ड १ को सार्वजनिक निष्कासन गत असार असार २३ गतेदेखि गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो । 

प्रति इकाइ मुल्य रु।१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाइ वा कुुल बिक्री भएको इकाइको १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंकका लागि सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमकाुे १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ ।  

यो योजना निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड९सेबोन०ले गत असार १० गते अनुमति प्रदान गरेको थियो ।

यो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 


Share this with your friends: