काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर र ०.७८९४७३७ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले पुस २ गते स्वीकृत गरेको हो।
संस्थाको गत भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ मा कायम चुक्तापूँजी रु.२३ करोड २२ लाख ८८ हजार को १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २ सय रुपैयाँ बराबरको बोनस सेयर र ०.७८९४७३७ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८५३ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल १५.७८९४७३७ लाभांस वितरणको प्रस्ताव गरेको थियो।
यो लाभांस अब संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।