काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले इमर्जिङ नेपाल लिमिटेडलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्वहरु पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धि रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।