इक्रा नेपालद्वारा वार्षिक साधारण सभा आह्वान

2021-11-21
इक्रा नेपालद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी मंसिर २९ गते बुधबार काठमाण्डौ ठमेलमा रहेको एलोफ्ट होटलमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २० प्रतिशत बोनस सेयर र ३१.३२ प्रतिशत नगद लाभांस गरी कुल ५१.३२ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा  सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/७८ को आर्थिक विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  


Share this with your friends: