इन्फिनिटी लघुवित्तद्वारा लाभांस प्रस्ताव

2020-12-06
इन्फिनिटी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीलाई लाभांस प्रस्ताव गरेको हो । 

उक्त बैठकले हाल कायम चुक्तापुँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख २१ हजार रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो।

कुल १५ प्रतिशत लाभांसमध्ये १४.२५ प्रतिशतले हुन आउने ३ करोड २५ लाख ९ हजार ९५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतले हुन आउने १७ लाख ११ हजार ५० रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव गरिएको हो । 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी यो लाभांस वितरण गरिनेछ ।  

 


Share this with your friends: