काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिािटेडलाई प्राप्ति गर्ने भएको छ। प्राप्ति गर्ने विषयमा यी दुवै लघुवित्तबीच हिजो(माघ २६ गते) हस्ताक्षर सम्पन्न भएको छ।
इन्फिनिटी लघुवित्तको गाभ्ने/गाभिने वा प्राप्ति समितिका संयोजक बलराम विष्ट र नेपाल एग्रो लघुवित्तको तर्फबाट विवेक श्रेष्ठले संयुक्त रुपमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। इन्फिनिटी लघुवित्तको केन्द्रिय कार्यालय गैडाकोट ०२ नवलपुर हो भने एग्रो लघुवित्तको केन्द्रिय कार्यालय भने पोखरा महानगरपालिका विन्ध्यवासिनी वडा न. १८ मा रहेको छ। एग्रो लघुवित्तको १० जिल्ला कार्यक्षेत्र भएको संस्था हो।