इमर्जिङ नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

2021-04-11
इमर्जिङ नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।  

आईपीओ निष्कासनका लागि स्वीकृत पाएपश्चात कम्पनीले १०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गरिने जनाएको छ । 

कम्पनीको गत पुस २४ गते सम्पन्न पाचौँ वार्षिक साधारण सभाले आईपीओ निष्कासनको विशेष प्रस्ताव अनुमोदन गरेको थियो । उक्त सभाले संस्थापक सेयरधनीका लागि चुक्तापुँजीको १ः०.११२ अनुपातमा अर्थात ११.२० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव गर्नुका साथै हकप्रद जारी भएपछि सर्वसाधारणलाई सेयर जारी गरी कम्पनीको चुक्तापुँजी ५५.५६ करोड पुर्याउने र नयाँ कायम चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । 

आईपिओ निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।


Share this with your friends: