काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको माग गर्दै असार १७ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासनको माग गरेको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको २०७७ पुस २४ गते आयोजना भएको पाचौँ वार्षिक साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो । उक्त सभामा संस्थापक सेयरधनीका लागि चुक्तापुँजीको १ः०.११२ अनुपातमा अर्थात ११.२० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिएको थियो। हकप्रद जारी भएपछि सर्वसाधारणलाई सेयर जारी गरी कम्पनीको चुक्तापुँजी ५५.५६ करोड पुर्याउने र नयाँ कायम चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।
आईपिओ निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।
इक्रा नेपाल लिमिटेडले इमर्जिङ नेपाल लिमिटेडलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्वहरु पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।