काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम एनआईसी एशिया क्यापिटललाई फागुन ९ गतेदेखि लागूहुने गरी सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य एनआईसी एशिया क्यापिटलले गर्नेछ ।