काठमाण्डौ। इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ।
बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशतदेखि रु. १ हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन्। यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ।
कात्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन क्नेछन्। आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिनेछ। आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्नेछ। इसेवाले अनलाइनमार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ।
मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख बढी रहेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।
हाल इसेवाका देशभर करिब १ लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन्।