काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ८१७.४० अंकले बढ्दै १६८४८.१६ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६४३.६३ अंकले बढ्दै १३६२०.४२ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्दै प्रतिकित्ता ९.९८ प्रतिशतले बढ्दै प्रतिकित्ता ४११ रुपैयाँ कायम भयो। यस्तै यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ९.४२ प्रतिशतले, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स ८.१२, सूर्या लाइफ ७.२१, नेपाल इन्स्योरेन्स कम्पनी ७.०६, नेपाल पुनर्बीमा कम्पनी ६.५६, प्रभु लाइफ ६.४७, प्रभु इन्स्योरेन्स ६.४२, हिमालयन जनरल ६.३२, प्रिमियर ६.१० र एशियन लाइफको सेयरमूल्य ५.८७ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज सेयर बजारले उत्कृष्ट पुनरागमन गरेको छ। परिसूचक १६१.९४ अंकले बढ्दै २९८०.७९ बिन्दुको उचाईमा पुगेको छ। यो दिन बजारमा २२४ कम्पनीका १ करोड ७९ लाख २२ हजार ५५८ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ७८.२ अंकले बढेको आज व्यापार १३३.०३, होटल एण्ड टुरिजम १९४.८३, विकास बैंक ५०३.३६, हाइड्रोपावर २८३.५, वित्त २५६.२२, उत्पादन तथा प्रशोधन ३९८.११, अन्य १५०.२५, लघुवित्त २४१, म्युचुअल फन्ड ०.१७ र लगानी समूह ६.६७ अंकले बढ्यो।
आज ४५ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। नेशनल हाइड्रो पावर कम्पनी, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, गृह्वेश्वरी मर्चेन्ट, एक्सेल डेझपमेन्ट बैंक, एनटीसी, लुम्बिनी विकास, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेझपमेन्ट बैंक, साइन सेसुंगा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, सानिमा माई हाइड्रो, वरुण हाइड्रो, अपि पावर एचआईडिसीएल, ङादी गुप्र पावर, ग्रिन डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, यूनाइटेड मोदि हाइड्रो, छ्याङदी हाइड्रो, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, राधि विद्युत कम्पनी, पञ्चकन्या माईहाइड्रो, कालिका पावर, जोशी हाइड्रो, अपर तामाकोशी, घलेम्दी हाइड्रो, पाचँथर पावर, रसुवागढी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी र यूनाइटेड इदी मर्दीको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
आज कुनै पनि कम्पनीका लगानीकर्ताले गुमाएनन्।
यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ४६ करोड ३० लाख बढीको सेयर कारोबार भयो भने हिमालयन डिस्टीलरी २६ करोड ८८ लाख, अपर तामाकोशी, २४ करोड ९२ लाख र नेशनल हाइड्रोपावरको १९ करोड ९२ लाख बढीको सेयर कारोबार भयो।