उत्कृष्ट पुनरागमनका साथ साताको अन्त्य, बीमातर्फ पुनर्बीमाको सेयरमूल्यमा सर्वाधिक वृद्धि

2021-03-04
उत्कृष्ट पुनरागमनका साथ साताको अन्त्य, बीमातर्फ पुनर्बीमाको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा उछाल आएको छ। आज जीवन बीमा उपसूचक ५७१.९५ अंकले बढ्दै १६९३३.३५ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२४.४६ अ.कले बढ्दै १२७७१.०१ को बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमा कम्पनीतर्फ आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। आज कम्पनीको सेयरमूल्य ४.९३ प्रतिशतले बढ्दै प्रतिकित्ता १४४८ रुपैयाँ कायम भयो। त्यस्तै आज सूर्या लाइफको सेयरमूल्य पनि ४.९० प्रतिशतले बढ्यो। 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

लागातार दुई दिन घटेको बजार आज भने उकालो लागेको छ। उत्कृष्ठ पुनरागमन गर्दै आज नेप्से परिसूचक ९०.६७ अंकले बढ्दै २५०६.६८ को बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँमा किनबेच भयो। 

बजारमा आज सबै १३ वटै समूहमा हरियाली छायो। बैंकिङ समूह ५२.०४ अंकले बढेको आज व्यापार २५६.७१, होटल एण्ड टुरिजम ६४.८७, विकास बैंक ६१.९९, हाइड्रोपावर ९१.१९, वित्त ३१.०१, उत्पादन तथा प्रशोधन १९०.६८, अन्य १०३.८७, लघुवित्त २०९.०६, म्युचुअल फन्ड ०.०२ र लगानी समूह ४.९१ अंकले बढ्यो। 

आज सूर्योदय लघुवित्त, लिवर्टी इनर्जी र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यी तीनवटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै किसान लघुवित्तको सेयरमूल्य ९.७९ र इन्फिनीटी लघुवित्तको सेयरमूल्य ९.७१ प्रतिशतले बढ्यो। 

आज एनएमबी५० को सेयरमूल्यमा सर्वाधिक अर्थात ३.४५ प्रतिशतको गिरावट आयो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। निफ्राको ५३ करोड २३ लाख बढीको सेयर कारोबार भयो भने शिखर इन्स्योरेन्स २४ करोड ४४ लाख, नविल बैंक २० करोड १७ लाख, एनटीसी १९ करोड ८३ लाख र नेपाल लाइफको १७ करोड ९६ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: