उत्कृष्ट पुनरागमनका साथ लयमा फर्कियो बजार, प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-09-22
उत्कृष्ट पुनरागमनका साथ लयमा फर्कियो बजार, प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ५५१.७५ अंकले बढ्दै १५७४४.८० बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ४४१.८७ अंकले उकालो लाग्दै १२५९१.५४ बिन्दुमा पुग्यो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ११०५ रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा उछाल आयो । परिसूचक १०४.८८ अ.कले बढ्दै २८१६.९५ बिन्दुको उचाईमा पुग्यो । यो दिन बजारमा २१७ कम्पनीका १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँमा किनबेच भयो । 

आज सबै उपसूचकमा हरियाली छायो । बैंकिङ उपसूचक ६०.९२ अंकले बढेको आज व्यापार १३२.६७, होटल एण्ड टुरिजम १३६.९, विकास बैंक ३८१.४२, हाइड्रोपावर १६९.४४, वित्त २०७.९३, उत्पादन तथा प्रशोधन १८२.३१, अन्य ४१.७३,  लघुवित्त १७०.७३, म्युचुअल फन्ड ०.२२ र लगानी समूह ३.०९ अंकले बढ्यो । 

आज १३ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले वृद्धि भयो । प्रिमियर इन्स्योरेन्स कम्पनी, वेष्ट फाइनान्स कम्पनी, गुुह्वेश्वरी मर्चेन्ट बैंकिङ, आईसीइफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, यूनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिबर्टी इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड ३४ लाख बढीको सेयर कारोबार भयो भने नेशनल हाइड्रोपावरको १८ करोड ४८ लाख र आरएमडीसी लघुवित्तको १६ करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।   


Share this with your friends: