काठमाण्डौ । बीमा समितिले कोरोना संक्रमण नियन्त्रण गर्न लागु गरिएको निषेधाज्ञाका कारण बन्द रहेका उद्योगको बीमा शुल्कमा छुट प्रदान गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ ।
समितिले सम्पत्ति बीमा निर्देशिकाको अनुसूचि ११ को १६९ बुँदामा बन्द रहेको उद्योगलाई दिने छुट सुविधा प्रतिहजार ३ रुपैयाँ रहेकोमा अब हाल कायम बीमाको एक तिहाई गर्न निर्देशन दिएको छ ।
त्यस्तै, नेपाल सरकारको आ व ०७७/७८ को बजेटमा उल्लेख भए अनुसार कोभिड १९ का कारण बन्द भएका उद्योगहरुको बन्द अवस्थाको जोखिमका लागि एक तिहाई तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानूपातिक रुपले छुट प्रदान गर्न निर्देशन जारी गरिएको छ ।