काठमाण्डौ । कोरोना संक्रमण तिव्र गतिमा बढ्न थालेपछि काठमाण्डौ उपत्यकाका तीनवटै प्रशासन कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरु भोलिदेखि एक साताको लागि बन्द गर्ने निर्णय भएको छ।
ज(आइतबार) उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सम्बन्धित प्रशासन कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेक अन्य सबै सेवाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो।