उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा

2021-04-26
उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा

काठमाण्डौ । कोरोना संक्रमणको दोस्रो लहरले भयावह रुप लिन थालेपछि काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी हुने भएको छ।

उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा वैशाख १६ गतेदेखि अर्काे आदेश जारी नभएसम्मका लागि निषधाज्ञा जारी हुन लागेको हो। 
तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। सो निर्णय स्वीकृतीका लागि गृहमन्त्रालयमा पठाइएको स्रोतले जनाएको छ। 

कोरोना संक्रमण तिव्र बन्दै गएको अवस्थालाई मध्यजनर गर्दै उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उपत्यकाका एक प्रजिअले बताए।  

 


Share this with your friends: