उपत्यकामा थप १५ दिन निषेधाज्ञा

2021-05-10
उपत्यकामा थप १५ दिन निषेधाज्ञा

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ। काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुबीच उपत्यकाका तीनवटा जिल्लामा जेठ १२ गतेसम्म निषेधाज्ञा जारी गर्न सीसीएमसी समक्ष सिफारिस गर्न सहमति बनेको हो। 

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको विषयमा छलफल गर्न आज जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसेको थियो। उक्त बैठकमा उपत्यकाका तीनवटै सीडीओहरुबीच संक्रमण रोकथामका लागि थप १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। 
उपत्यकामा गत वैशाख १६गतेदेखि निषेधाज्ञा जारी छ। 

 


Share this with your friends: