काठमाण्डौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्लामा जेठ २१ गतेदेखि ११ दिन निषेधाज्ञा थप भएको हो । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख १६ गतेदेखि उपत्याकामा निषेधाज्ञा लागू गरिएको थियो । संयुक्त बैठकले भने जेठ १४ गतेदेखि उपत्याकामा किराना पसलहरु बन्द गर्ने निर्णय गरेको थियो ।
निषेधाज्ञा थप गरिएता पनि किराना पसलहरु विहान ९ बजेसम्म खुला गर्न अनुमति दिइएको छ । तर थप गरिएको निषेधाज्ञा अवधिमा बीमा कम्पनीहरुले भने केन्द्रिय कार्यालय मात्रै खोल्न पाउनेछन् । बीमा कम्पीहरुको शाखा कार्यालय बन्द गर्ने व्यवस्था कायम राखिएको छ । बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारीका साथ आलोपालो गरी केन्द्रिय कार्यालयमार्फत सेवा प्रदान गनुपर्नेछ ।