काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ। यसका लागि बैंकले एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।
बैंकको गत असार १४ गते सम्पन्न चौधौ वार्षिक साधारण सभाबाट १०ः३ को अनुपातमा रु १०० अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिएको थियो।