एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति

2021-08-15
एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले बैंकलाई आज(साउन ३१ गते) २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो। 

सेबोनबाट निष्कासनको अनुमति पाएसंगै अब बैंकले चुक्तापूँजीको ३० प्रतिशत अर्थात १०ः३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । 
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

बैंकले हकप्रद सेयरको निष्कासनको माग गर्दै गत जेठ २७ गते सेबोनमा आवेदन दिएको थियो । 


Share this with your friends: