काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी असोज १६ गते शनिबारका दिन झापा बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७६/७७ सम्मको वितरण योग्य मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांस गरी कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । प्रस्तावित लाभांसमा हाल कायम रहेको चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५४६.९७ रुपैयाँ बराबरको बोनस सेयर र ०।६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८७०.८९ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्।
यस्तै सभामा एक्सेल डेभलपमेन्ट बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । उ
यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असारमसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।