काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाईएको छ। नेपालमै पहिलोपटक निश्चित आम्दानी हुने उपकरणहरुमा लगानी गर्ने मुख्य उद्देश्यका साथ संचालित यो खुलामुखी योजनामा अनलाईनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाईएको हा ।
विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोभिड १९ को दोश्रो लहरको संक्रमण देशव्यापी रुपमा फैलिरहेको र उक्त संक्रमणलाई रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा उक्त योजनाको इकाई लगानीकर्ताहरुले सहजै रुपमा खरिद गर्ने अवसर प्राप्त होस् भन्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले अनलाईन प्लेटफर्ममार्फत डेप्ट फण्डको इकाई खरिद गर्न सकिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।
अनलाईनमार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्न एनआईसी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://nicddf.nicasiacapital.com/ मा क्लिक गरी unit purchase भित्र गई रितपूर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिनेछ । हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्न एनआईसी एशिया बैंक लिमिटेडको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेटमार्फत गर्न सकिनेछ ।