एनआईबिएल एस क्यापिटलले ल्यायो लगानी योजना, दुई गुणासम्म वृद्धि गराउन सकिने

2021-07-05
एनआईबिएल एस क्यापिटलले ल्यायो लगानी योजना, दुई गुणासम्म वृद्धि गराउन सकिने

काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ। कम्पनीले एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीको अवसर ल्याएको हो । 

यस योजनामा सहभागी भई लगानीकर्ताले आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउन सक्ने क्यापिटलले जनाएको छ। यो योजना व्यक्तिगत ग्राहकका लागिमात्र हुने र यसमा सहभागी हुन न्यूनतम ३०० इकाइ अनिवार्य खरिद गर्नुपर्ने क्यापिटलले जनाएको छ । 

यो योजना २०७८ साल असार २० गतेदेखि २०७८ साल असार २४ गतेसम्ममात्र लागू हुनेछ। 

यस योजनाको नतिजा २०७८ साल साउन १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिनेछ र योग्य सहभागीबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरुअनुसार पुरस्कार वितरण गरिने क्यापिटलले जनाएको छ। 


Share this with your friends: