एनआईबिएल प्रगति को ५०% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

2021-08-26
एनआईबिएल प्रगति को ५०% नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । एनआईबिएल प्रगति को घोषणा गरिएको नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोविटरी रहेको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्ड ले आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरेको ५० प्रतिशत नगद लाभांस इकाइधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो । 

फन्डले उक्त लाभांस आफ्नो हितग्राही खातामा आफ्नो बैंक खाता नम्बर अद्यावधिक गराएका इकाइधनीहरुको बैंक खातामा भदौ ९ गतेदेखि जम्मा गरिएको हो । 

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई बैंक खाता अद्यावधिक गराउन आग्रह गरिएको छ । 


Share this with your friends: