एनआईबिएल सहभागिता फन्डका इकाइहरु विद्युतीय प्रणालीमार्फत बिक्री गर्न सकिने

2021-12-06
एनआईबिएल सहभागिता फन्डका इकाइहरु विद्युतीय प्रणालीमार्फत बिक्री गर्न सकिने

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फन्ड’ (खुलामुखी योजना) का इकाइहरु विद्युतीय प्रणालीमार्फत खरिद गर्न सकिने भएको छ । 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यस योजनाको हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटका माध्यमद्वारा आमलगानीकर्ताहरुमाझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणालीमार्फत खरिद तथा अन्य विभिन्न अनलाइन सुविधाहरुको व्यवस्था गर्दै आइरहेको थियो। क्यापिटलले अबोप्रान्त यस योजनाका इकाइधनीहरुले मंसिर १९ गते (आइतबार) बाट सोही विद्युतीय प्रणालीमार्फत इकाइहरुको बिक्री गर्न सक्नेसमेत जानकारी गराएको हो। 


Share this with your friends: