एनआईसी एसिया बैंकका दुई म्युचुअल फन्डद्वारा बुक क्लोज मिति सार्वजनिक

2020-09-02
एनआईसी एसिया बैंकका दुई म्युचुअल फन्डद्वारा बुक क्लोज मिति सार्वजनिक

काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्र्तगत सञ्चालित दुई म्युचुअल फन्डले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस वितरणका लागि बुक क्लोजको मिति सार्वजनिक गरेका छन्। 

बैंक अन्र्तगत सञ्चालित एनआईसी एसिया ब्यालेन्सड् फन्ड र एनआईसी एसिया ग्रोथ फन्डले बुक क्लोजको मिति सार्वजनिक गरेका हुन्। 

लाभांश प्रयोजनार्थ यी दुवै म्युचुअल फन्डले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको मतलब भदौ २४ गतेसम्म कायम इकाइधनीहरु यी म्युचुअल फन्डद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्। 

गत आर्थिक वर्षका लागि इकाइधनीहरुलाई ब्यालेन्सड्स फन्डले ८ प्रतिशत (करसहित)ले हुन आउने ६ करोड ४ लाख रुपैयाँ र ग्रोथ फन्डले १२ प्रतिशत (करसहित) ले हुन आउने १० करोड २ लाख २४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। 


Share this with your friends: