'एनआईसी एसिया डाईनामिक डेब्ट फन्ड' को सार्वजनिक निष्कासन आजदेखि

2020-11-27
'एनआईसी एसिया डाईनामिक डेब्ट फन्ड' को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्र्तगत सञ्चालन हुने एनआईसी एसिया डाईनामिक डेब्ट फन्ड(खुला मुखी योजना) का इकाइहरु आज (मंसिर १२ गते)बाट सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएको छ। 

यो म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई निष्कासन गरिएको हो। बीजपुँजीबापत कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी अधिकतम ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा बिक्री खुला गरिएको हो।

लगानीकर्ताहरुले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। यो योजनाको निष्कासन बन्द छिटोमा मंसिर १६ गते र ढिलामा मंसिर २६ गते बैंकिङ समयपछि हुनेछ।

इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। 

यो म्युचुअल फन्डको कोष प्रवद्र्धकको रुपमा एनआईसी एसिया बैंक र योजना व्यवस्थापकको रुपमा एनआईसी क्यापिटल रहेका छन्। 

 


Share this with your friends: