काठमाण्डौ । मर्जरमा गएका एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वेदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आउँदो चैत ०८ गतेदेखि हुने भएको छ।
यी दुवै संस्थाको एकीकृत कारोबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुने भएको हो। यी दुवै संस्थाबिच एक आपसम गाभ्ने/गाभिने(मर्जर) गर्नका लागि २०७७ साउन ३२ गते समझदारी भई कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्रदान भएको थियो। नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्रदान भएपछि गत पुस १० गते यी दुवै संस्थाबीच मर्जरका अन्तिम सम्झौता भएको थियो।
संस्थाहरुबीच भएको मर्जर सम्बन्धित अन्तिम सम्झौतालाई गत माघ ०४ गते बसेको संस्थाहरुको छुट्टाछुट्टै सम्पन्न वार्षिक साधारण सभाले अनुमोदन गरेको थियो। यसपश्चात नेपाल राष्ट्र बैंकले फागुन २० गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो। संयुक्त मर्जर समितिको फागुन २५ गते बसेको बैठकले मर्जरपश्चात बनेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आउँदो चैत ०८ गते एकीकृत कारोबार गर्ने निर्णय गरेको छ।