एनआईसी एशिया क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-08-08
एनआईसी एशिया क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पाचौँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी भदौ १३ गते आइतबारका दिन थापाथली काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । 
सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ४८ प्रतिशत नगद लाभाुंस पारित गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । 

सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: