काठमाण्डौ । एनआईसी एशिया म्युचुल फन्ड अन्तर्गत सञ्चालन हुने दुईवटा म्युचुअल फन्डको इकाईमूल्य समायोजन गरिएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया ब्लालेन्स्ड फन्ड र एनआईसी एशिया ग्रोथ फन्डद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरिएको लाभांसका लागि इकाइमूल्य समायोजन गरिएको हो ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले को इकाइमूल्य समायोजन गर्दै प्रतिइकाइ ११.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन फन्डको इकाइमूल्य प्रतिकित्ता १४.२७ रुपैयाँ थियो ।
यस्तै एनआईसी एशिया ग्रोथ फन्डको इकाइमूल्य समायोजन गर्दै प्रतिइकाइ १२.२२ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन फन्डको प्रतिइकाइ मूल्य १५.२२ रुपैयाँ थियो ।
आर्थिक वर्ष २०७७/७८ का लागि एनआईसी एशिया ब्लालेन्स्ड फन्डका इकाइधनीहरुका लागि ३० प्रतिशत नगद लाभांर र एनआईसी एशिया ग्रोथ फन्डका लागि पनि ३० प्रतिशत नगद लाभांसको घोषणा गरिएको छ ।