एनआईसी एसिया बैंकद्वारा लिलामीमा राखिएका तीन कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन

2020-11-25
एनआईसी एसिया बैंकद्वारा लिलामीमा राखिएका तीन कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो। 

बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको २ लाख २ हजार ५६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९३ हजार १९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ४० हजार ८ सय कित्ता संस्थापक सेयर गरी कुल ५ लाख ३६ हजार ५५४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। 

यो बोलकबोल प्रक्रिया मार्फत सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको हकमा सेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु सहभागि हुन सक्ने छैनन्। 

सूर्या लाइफ र एशियन इन्स्योरेन्सको हकमा भने प्रचलित कानुन बमोजिम योग्य लगानीकर्ताहरु सहभागि हुन सक्नेछन्। 

सेयर खरिदका लागि बोलकबोल गर्दा न्युनतम १ सय कित्ता वा  सो भन्दा माथि १० ले भाग जाने गरि अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ। यसका साथै कुनै एक व्यक्ति वा संस्थाले एक भन्दा बढि आवेदन दिँदा छुट्टा छुट्टै दर रेटमा बोलकबोल आवेदन गर्दा छुट्टा छुट्टै शिलबन्दी खाममा पेश गर्नु पर्नेछ। 
इच्छुक आवेदकले एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाण्डौ, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, र शाखा कार्यालयहरु विराटनगर९मोरङ०, वीरगंज९पर्सा०, महेन्द्रपुल९पोखरा०,बुटवल, धनगढी र सुर्खेतबाट बोलपत्र फाराम पाउन र बुझाउन सक्नेछन्। 


Share this with your friends: