एनआरएन इन्फ्राइस्टकचर एण्ड डेभलपमेन्टद्वारा लाभांस प्रस्ताव

2021-01-01
एनआरएन इन्फ्राइस्टकचर एण्ड डेभलपमेन्टद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनआरएन इन्फ्राइस्टकचर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले २.८५ प्रतिशत बोनस सेयर र ०.१५ प्रतिशत नगद लाभांस गरी कुल ३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा २.८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर र ०.१५ प्रतिशतले हुन आउने १६ लाख ९९ हजार ०२१ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।  

कम्पनीले गत साउन १६ गतेबाट साउन २१ गतेसम्म ३३.९८ करोड रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ०४६ कित्ता सेयर निष्कासन गरेको थियो। 

कम्पनीे चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६४.११ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ ।     

 


Share this with your friends: