एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न जीवन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन

2021-02-22
एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न जीवन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ। हिजो(फागुन ०९ गते) सर्कुदर जारी गर्दै समितिले यस्तो निर्देशन दिएको हो। 

समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको हो। बीमा समितिले यसअघि निर्जीवन बीमा कम्पनीलाई एनएफआरएसमा आधारित वित्तीय विवरण प्रकाशन गर्न निर्देशन दिईसकेको छ। 

 


Share this with your friends: