काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस ५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य रकमबाट बैंकका सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १३ प्रतिशत बोनस सेयर र ३.२० प्रतिशत नगद लाभांस गरी कुल १६.२० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित कुल १६.२० प्रतिशत लाभांसमा हाल कायम चुक्तापूँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६.९६ रुपैयाँको १३ प्रतिशतले हुन आउने १ करोड ८७ लाख ८२ हजार ०७८.८५ कित्ता बोनस सेयर र ३.२० प्रतिशतले हुन आउने ४६ करोड २३ लाख २८ हजार ०९४.९४ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्।
यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।