काठमाण्डौ । एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित ‘एनएमबि सापटी २.०’ एक कर्जा सेवा सुरु गरेको छ।
यो सेवाअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ। यो नेपालमै पहिलोपटक चौबीसै घन्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता भएको बैंकले जनाएको छ। यो सेवा बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिका लागि प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो।
एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधिसहित रु. २ लाखसम्म चौबीसै घन्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने र ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताका आधारमा छनोट गर्न सक्ने बैंकले जनाएको छ।