एनएमबि बैंकका ग्राहकलाई फुडमाण्डु लगायतका स्टोरहरुबाट सामान किन्दा १०% क्यासब्याक

2021-07-09
एनएमबि बैंकका ग्राहकलाई फुडमाण्डु लगायतका स्टोरहरुबाट सामान किन्दा १०% क्यासब्याक

काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई फुडमाण्डुलगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरिद गर्दा क्यासब्याक उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ। 

बैंकले ग्राहकलाई घरमै बसी मनपर्ने खानालगायत अन्य आवश्यक सामग्री फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १०% वा रु. ५०० सम्म क्यास ब्याक प्रदान गर्ने व्यवस्था गरेको हो ।  छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइट www.nmb.com.np को एनएमबि भिजा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ। 

एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


Share this with your friends: