काठमाण्डौ। एनएमबि बैंकले सबै उमेरका लगानीकर्तालाई लक्षित गरीे शून्य मौज्दातमै विषेश सुविधायूक्त एनएमबि इन्भेस्टर सेभिङस् योजना अघि सारेको छ।
यस बचत योजनाअन्तर्गत बैंकले खातामा उच्चतम ब्याजका साथै ५ वर्षका लागि निः शुल्क डिम्याट तथा मेरो सेयर, निःशुल्क आस्बा, ओम्नी च्यानल र कनेक्ट आईपीएसमार्फत निःशुल्क अन्तरबैंक रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड तथा एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्श सेवा प्रदान गर्ने जानकारी गराइएको छ।
हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिए पनि एनएमबिले भने लगानीकर्तालाई बचतसँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।