काठमाण्डौ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको नगद लाभांस इकाईधनीहरुको बैंक खातामा जम्मा गरिएको छ । एनएमबि बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि हाईब्रिड फन्ड एल–१ का लागि घोषणा गरिएको २० प्रतिशत र एनएमबि फिफ्टीका लागि घोषणा गरिएको ३० प्रतिशत नगद लाभांस इर्काधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरिएको हो ।
एनएमबि हाईब्रिड फन्ड एल–१ को नगद लाभांस असोज ६ गतेदेखि र एनएमबि फिफ्टीको नगद लाभांस असोज ७ गतेदेखि वितरण गरिने एनएमबि क्यापिटलले जनाएको छ ।
हालसम्म पनि हितग्राही खातामा आफ्नो इकाई जम्मा नभईसकेका एनएमबि क्यापिलमा सम्पर्क गरी आफ्नो हितग्राही खाता नम्बर अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।