काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस २२ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।
उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १२.५० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांस गरी कुल १५.८ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ।
यस्तै बैंकको जारी पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२ रुपैयाँबाट वृद्धि गरी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरिनेछ ।
बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसमा कुनै फेरबदल गर्न नियमनकारीबाट कुनै निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ।
सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।