एनएमबि बैंकका ग्राहकले अनलाइनबाटै केवाईसी अपडेड गर्न सक्ने

2021-05-14
एनएमबि बैंकका ग्राहकले अनलाइनबाटै केवाईसी अपडेड गर्न सक्ने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले अनलाइनबाटै केवाईसी अपडेट गर्न व्यवस्था गरेको छ । 

डिजिटल बैंकिङको वर्तमान अवस्थामा एक सफल प्रयास सिर्जना गर्न अनलाइन केवाईसीको अवधारण अघि सारिएको बैंकले जनाएको छ। यो सेवाको सुरुवातसँगै एनएमबि बैंकका ग्राहकले आफ्नोे घर वा कार्यालयबाट केवाईसी विवरणहरू अनलाइन अपडेट गर्न सक्नेछन्। 

ग्राहकले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानलरसामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्न र खाता खोलिसकेका ग्राहकले पनि सजिलै यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्दछन्।

यस नयाँ प्रणालीको साथ अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नुपर्नेछ भने खाता सक्रिय गर्नका लागि हस्ताक्षरबाहेक कुनै पनि फारम भर्नुपर्ने छैन।

केवाईसी अपटेडका लागि https://kyc.nmb.com.np:8443 डिजिटल लिंक प्रयोग गर्न सकिनेछ। 


Share this with your friends: